ह्याम्स अस्पतालको पोखरामा सिएमई कार्यक्रम

आर्थिक आवाज
पोखरा । ह्याम्स अस्पतालले पहिलो पटक काठमाडौ बाहिर पोखरामा सचेतनामुलक सिएमइ कार्यक्रम सम्पन्न गरेको छ । ह्याम्स अस्पतालका प्रो.डा.भगवान कोइराला, प्रो.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष रामशरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्त, बरिष्ठ चिकित्सक डा. अनुप राज सुवेदी लगायतले रोगका किटाणु र मानव शरिरमा हुने विभिन्न प्रकारका किटाणुहरु र मानव स्वास्थ्यको सम्वन्धका बारेमा अनुसन्धानमुलक जानकारी दिएका थिए ।

डा.मनोज बोहोराले पक्षघात हुँदा अहिलेको मेडिकल साइन्स अनुसार अपनाउनु पर्ने विविध प्रकृयाको बारेमा विस्तृत जानकारी दिएका थिए । अर्का बरिष्ठ चिकित्सक डा.विराज पराजुलीले बच्चाहरुमा हुने डेङ्गी रोग र गम्भिर प्रकृतिको रोग लागे पछि गर्नु पर्ने सघन उपचार पद्धतिको बारेमा जानकारी गराइएको बताइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाले स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने बताए । पोखराका अस्पतालहरुमा कार्यरत बरिष्ठ चिकित्सकहरु, उद्योग बाणिज्य संघका पदाधिकारीज्यूहरु, होटल व्यवसायी संघका पदाकिारीज्यूहरु, राजनीतिक व्यक्तिहरु लगायतको उपस्थितिमा सांग्रिला भिजेल रिसोर्ट पोखरामा कार्यक्रम भएको थियो ।

jutta mela

उक्त अवसरमा ह्याम्स अस्पतालले प्रदान गर्ने सेवाका बारेमा पनि जानकारी गराइएको थियो । वरिष्ठ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा अस्पतालले राम्रो उपचार सेवा प्रदान गरिरहेको अध्यक्ष रामशरण भण्डारीले बताए ।

You might also like

Comments are closed.