१९ जनाले गरे रक्तदान

तनहुँ, २६ जेठ
सामुदायिक सेवा केन्द्र दमौली तनहुँको आयोजना आइतबार सामुदायिक सेवा केन्द्र भवन परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँको सामुदायिक शाखाको सहआयोजना र नेपाल रेडक्रस सोसाईटी दमौली शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा १९ प्रिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बेलाबेलामा आयोजित यस्ता कार्यक्रमबाट संकलित रगत आकस्मिक अवस्थामा निकै उपयोगी हुने बताए ।

उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेको र २० जनाले आफनो स्वास्थ्य परिक्षण गरेको सेवा केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.