३ दिनसम्म विविध कार्यक्रम गरी इक्यानले २४औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं । इक्यानले विविध कार्यक्रम गरी २४औं वार्षिकोत्सव मनाउने भएको छ । अगस्ट २९ (भदौ १३) मा इक्यान स्थापनाको २४ वर्ष पुग्दैछ । सो अवसरमा ३ दिनसम्म विभिन्न कार्यक्रम गरिने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

पहिलो दिन २७ अगस्टमा पहिलो सेसनमा ‘Managing your Mental Health during the COVID-19 (Stress, Anxiety and Depression)’ विषयमा कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई डा. करुना कुवँरले सहजीकरण गर्नेछिन् । पहिलो दिनको दोस्रो सेसनमा The Leadership Principle During Difficult Time Of life (A Corporate Motivational Virtual Workshop) शीर्षकमा कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई डा. योगी विकासानन्दले सहजीकरण गर्नेछन् । पहिलो सेसन ११ : ४५ देखि १ बजेसम्म र दोस्रो सेसन साढे १ बजेदेखि ३ बजेसम्म हुनेछ ।

दोस्रो दिन अगस्ट २८ मा इक्यानका पूर्व अध्यक्षहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको महासचिव दीपकराज भुसालले जानकारी दिए । Observing 24 years of ECAN journey: Anecdotes of glorification शीर्षकमा अन्तरक्रिया हुनेछ । वार्षिकोत्सवको मुख्य दिन अगस्ट २९ मा शुभकामना आदानप्रदानसहित विविध कार्यक्रम गरिने महासचिव भुसालले जानकारी दिए । कोभिड १९ बाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल विधिबाट कार्यक्रम गर्न लागिएको इक्यानले जनाएकोछ ।

You might also like

Comments are closed.