५ हजार माइलको दुरीबाट रिमोटको मद्दतले कन्ट्रोल गर्न सकिने यो कार

भारतमा इन्टरनेट कनेक्टेड एसयूभी लन्च भइरहेका छन् । एसयूभी सेगमेन्टमा एमजी हेक्टर र सब ४ मिटर एसयूभी सेगमेन्टमा हुन्डाई भेन्यु दुबै कनेक्टेड कार हुन् । यी गाडीमा ५जी ई–सिम बेस्ड टेक्नोलोजी समावेश गरिएको छ ।

हालै सामसुङले ५जी रिमोट कार सार्वजनिक गरेको छ । सो कारलाई ५ हजार माइलको दुरीबाट पनि रिमोटको मद्दतले कन्ट्रोल गर्न सकिन्छ ।

सामसुङले गुडवुड फेस्टिभल अफ स्पिडमा विश्वको पहिलो रिमोट कन्ट्रोल ५जी कार सार्वजनिक गरेको थियो । जसलाई भोडाफोन र डेजिनेटेड ड्राइभरको मद्दतले तयार पारिएको थियो । सो कारको सहायताले कम्पनीले आउने समयमा ५जी टेक्नोलोजी कतिको पावरफुल हुन्छ भन्ने देखाउन खोजेको छ ।

jutta mela

ड्रिफ्ट च्याम्पियन वन गिटिन जुनियरले ५जीको टेक्नोलोजीमा पहिलो भर्चुअल रियालिटी भएको कार चलाएर इतिहास रचेका छन् । सो कारको नाम Lincoln MKZ हो । जसलाई कुनै पनि स्थानबाट रिमोट कन्ट्रोलले कन्ट्रोल गर्न सकिन्छ । यसलाई चलाउनको लागि डेजिनेटेड ड्राइभर टेलीअपरेशन सिस्टम, नयाँ सामसुङ ग्यालेक्सी एस१० ५जी र सामसुङ भीआर हेडसेटको साथै भोडाफोन ५जी नेटवर्कको प्रयोग गरिएको थियो ।

डेजिनेटेड ड्राइभरको फ्रन्टमा ६ स्क्रिन जडान गरिएको छ । साथै कारलाई कन्ट्रोल गर्नको लागि स्टेयरिङ ह्वील र प्याडल सिस्टम पनि समावेश गरिएको छ । सो कारको परीक्षण गुडवुड फेस्टिभल भन्दा ५ हजार माइलको दुरीबाट गरिएको थियो । कारलाई रिमोट कन्ट्रोल गर्न लिटेन्सी रेन्ज १०० मिलिसेकेन्ड रहेको छ ।

You might also like

Comments are closed.