प्रदेश नं १ को नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे।

उनले प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ (१) बमोजिम प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यसअघि प्रदेश प्रमुख खापुङलाई प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रमको पुस्तक हस्तान्तरण गरेका थिए।

त्यसैगरी आज सञ्चालन भएको दोस्रो बैठकमा सभामुख प्रदीपकुमार भण्डारीको आदेशमा मुख्यमन्त्री राईले प्रदेशसभा नियमावली, २०७४ को नियम ३६ (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभामा सम्बोधन गरेको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति सभामा टेबुल गरे।

सभामुख भण्डारीले सदनसमक्ष प्रदेश प्रमुखबाट सम्बोधनका लागि राखेको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको अर्को बैठक जेठ २६ गते दिनको १ बजे बस्नेछ ।

You might also like

Comments are closed.