पोखरामा हिमाअसको सेवा

पोखरा । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस एजुकेशन कन्सल्टेन्सीले पोखरामा शाखा स्थापना गरी सेवा सञ्चालन गरेको छ । गत सेप्टेम्बरदेखि पोखराबाट हिमाअसले सेवा सञ्चालन गरेको प्रवन्ध निर्देशक समिर थापा मगरले जानकारी दिए । पोखरा तथा आसपासमा रहेका जिल्लाका विद्यार्थीलाई सहज होस् भनेर पोखरामा हिमाअसले सेवा सञ्चालन गरेको उनले बताए ।

बिगत २१ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका राजमान थकालीले सन् २००८ मा हिमाअस सञ्चालनमा ल्याएका हुन् । कम्पनीले मेलवर्नमा पनि कार्यालय स्थापना गरेको हिमाअस अष्ट्रेलियाका प्रवन्ध निर्देशक थकालीले बताए । ‘अष्ट्रेलियाबाट संस्था शुरु गरेर काठमाडौं, पोखरा तथा थाइल्याण्डमा पनि शाखा सञ्चालन गरेका छौं,’ थकालीले भने । पोखरामा हिमाअस नामबाट सेवा सुरु गरेको करिब ६ महिना भए पनि त्यस अगाडि एजु भेन्चर नामबाट सेवा प्रदान भइरहेको थियो ।

कम्पनीबाट अष्ट्रेलिया गएका विद्यार्थीलाई शतप्रतिशत सन्तुष्ट बनाएको थापाको दावी छ । ‘आयल्समा पनि विद्यार्थीले राम्रो स्कोर ल्याएका छन्,’ उनले भने, ‘हाम्रोमा अहिलेसम्म भिजा रिजेक्ट भएको छैन । हामीले धेरै एजुकेशनल ग्याप भएका विद्यार्थीलाई पनि अष्ट्रेलिया पठाएका छौं ।’ अष्ट्रेलियन विश्व विद्यालयमा भर्ना, छात्रबृत्ती, बिमा लगायतका विषयमा सत्यतथ्य जानकारी विद्यार्थीलाई हिमाअसले गराइरहेको थापाले बताए । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी अष्ट्रेलिया जाने क्रम बढेको बताउँछन उनी । अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरी खुलेको हिमाअस पोखरा क्षेत्रका धेरै विद्यार्थीको रोजाईमा परेको उनले बताए ।

jutta mela

 

You might also like

Comments are closed.