११३ वर्षीया वृद्धाले गरिन् मतदान

तनहुँ । तनहुँमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । स्थानीय तहको निर्वाचनमा उनले भानु नगरपालिका वडा नं. ५ सेपाबगैंचास्थित महादेवता आभारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

उनको जन्मा वि.सं. १९६६ भदौ ६ गते भएको थियो ।

मतदान गर्नका लागि उनलाई छोराहरु चोपकान्त पोखरेल र तारानाथ पोखरेलले सहयोग गरेका थिए ।

११३ वर्षको उमेरमा समेत मतदान गरेर जनप्रतिनिधि छनोट गर्न पाउँदा उनी हर्षित देखिन्थिन् ।

जनप्रतिनिधिले आफ्नो स्थानीय ठाउँका विकासमा राम्रो काम गर्न उनले शुभकामना दिएकी छन् ।

११३ वर्षको उमेरसम्म पनि आमा स्वस्थ रहेको र आफै हिडडुल गर्न सक्ने छोरा तारानाथ पोखरेलले जानकारी दिए ।

You might also like

Comments are closed.