काठमाडौं । सीएफमोटो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ६ दिने एड्भेन्चर राइड अपर मुस्ताङ सम्पन्न गरेको छ । गत वैशाख २५ गते नक्सालस्थित सीएफमोटो शोरुमबाट प्रारम्भ भएको सो राइडमा १७ राइडर र १३ क्रु राइडरको सहभागिता रहेको थियो ।
सो राइड वैशाख २९ गते अपर मुस्ताङमा पुगी काठमाडौं फर्केर समापन भएको हो । सो राइडमा १४ नेपाली राइडर थिए भने १ चाइनिज र २ भारतीय राइडरको सहभागिता रहेको बताइएको छ । काठमाडौंबाट सुरु भएको सो राइड पोखरा हुँदै मुक्तिनाथ, लोमान्थाङ र कोरला बोर्डरसम्म पुगेको थियो ।
राइड एड्भेन्चर र फनले भरिपूर्ण भएको आयोजक कम्पनी ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्वल जोशीले बताए । सो राइडमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी र विद्यार्थी लगायतका विभिन्न पेशा व्यवसायमा आवद्ध २३ देखि ६४ वर्ष सम्मका तीनपुस्ते राइडरको सहभागिता रहेको थियो ।
एड्भेन्चर सेगमेन्टमा विश्वभर ख्याती प्राप्त सीएफमोटो ४५० एमटी बाइक नेपालमा पनि उत्तिकै मन पराइएको बाइकको रुपमा छुट्टै पहिचान बनाउन सफल रहेको कम्पनीको भनाइ छ । ऋषि ट्रेड सेन्टर अर्थात् सीएफमोटो नेपालले सो राइड एभरेष्ट बाइकर्स नेपालको सहकार्यमा आयोजना गरेको हो ।
यो राइडले नेपालको टु–ह्विलर टुरिजमलाई अन्तर्राष्ट्रिय बजारमा समेत परिचित गराउनुका साथै नेपालको संस्कृति र हेरिटेजको समेत प्रचार गरेको कम्पनीको भनाइ छ । सो राइडले सिएफमोटो ४५० एमटीको असली पर्फमेन्सलाई समेत पुष्टि गरेको बताइएको छ ।
Comments are closed.