काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बोनस र नगद गरी कुल २४ करोड रुपैयाँ अर्थात २० प्रतिशत बराबरको लाभांश वितरण गर्न लागेको हो ।कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८/ ७९ को १ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य नाफाबाट कुल चुक्ता पुँजी १२ करोडको १० प्रतिशत बोनस सेयर र १२ करोड कर प्रयोजनका १० प्रतिशत रकम लागि समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाबाट स्वीकृति भएपछि सेयरधनीलाइर्ला साे लाभांश वितरण गरिने छ ।
Comments are closed.