सांसदले पूर्वाधार विकासका लागि भन्दै चारो छरेजस्तो गरेर बजेट छरे ः मुख्यमन्त्री

सन्देश श्रेष्ठ
पोखरा, फागुन ५

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभाका सांसदहरुले पूर्वाधार विकासका लागि भन्दै चारो छरे जसरी बजेट छरेको आरोप लगाएका छन् । उनले सांसदले आफ्नो निर्वाचन क्षेत्रमा वितरण गरेको ४ करोड रुपैयाँ चारो छरेजस्तो गरेर वितरण गरेको टिप्पणी गरेका हुन् ।

कास्की जिल्ला स्तरीय समन्वय तथा समीक्षा बैठकलाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले सांसदले वितरण गरेको रकम कम वितरण हुँदा प्रभावकारी काम नभएको बताउँदै उनले भने,‘४ करोड छुट्याउने तरिका ठीक भएन, चारो बाँडेजसरी बाँडिएको छ, त्योपनि जहाँजहाँ आफूलाई भोट आएको छ त्यहिं त्यहिं बाँडेको छ, सानो सानो रकमले प्रभावकारी हुँदैन, एकै ठाउँमा ठूला योजना सम्पन्न हुनेगरी काम गर्नुपर्छ ।’ मुख्यमन्त्री गुरुङले लोकतन्त्रमा पैसा बाँड्ने काम सर्वथा गलत हुने बताए ।

jutta mela

मुख्यमन्त्री गुरुङले शिक्षामा गुणस्तर खस्किएको बताउँदै शिक्षामा समानता ल्याउनका लागि स्थानिय तहले कडाई गर्नुपर्ने बताए । विद्यालयमा लापर्वाही बढेको बताउँदै उनले भने,‘गरीबको छोरो सामुदायिक विद्यालयमा बढ्ने अनि धनीको छोरो नीजिमा पढ्ने बनिसकेको छ, अब शिक्षाको गुणस्तर बढाएर धनी र गरीब दुबैले समान शिक्षा लिने वातावरण बनाउन तपाईंहरुले भूमिका खेल्नुस् ।’

You might also like

Comments are closed.