नमूना कृषि गाउँका लागि ३६ गाउँ छनौट

सन्देश श्रेष्ठ

पोखरा, फागुन ७

गण्डकी प्रदेशले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमका लागि नमूना गाउँहरु छनौट गरेको छ । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला स्तर छनौट समितिले सिफारिस गरेअनुसार सदर गर्दै नमूना कृषि गाउँहरु छनौट गरेको हो ।

jutta mela

गण्डकी प्रदेशले ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनौट गरेको छ । नमूना कृषि गाउँका लागि कास्कीका ६, पर्वतका २, बागलुङका ४, स्याङ्जाका ४, तनहुँका ४ म्याग्दीका २, मुस्ताङका २, मनाङका २, गोर्खाका ४, लमजुङका २ र नवलपुरका ४ वटा गाउँ छनौट गरेको छ ।

कृषि गाउँका लागि कास्कीबाट कास्की क्षेत्र नम्बर १ को (क) मा पर्ने रुपा गाउँपालिका वडा नम्बर ३ को पोल्याङ, कास्की क्षेत्र नम्बर १ को (ख)मा पर्ने मादी गाउँपालिका वडा नम्बर ११ वारचोक र तोगी नमूना कृषि गाउँका लागि छनौट भएका छन् । कास्की क्षेत्र नम्बर २ को (क) मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित दोविल्ला र कास्की क्षेत्र नम्बर २ (ख) मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित जोगिमणी गाउँ नमूना कृषि गाउँका लागि छनौट भएका छन् । त्यस्तै, कास्की क्षेत्र नम्बर ३ को (क) मा पर्ने माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ भलाबोट घाचोक र कास्की क्षेत्र नम्बर ३ (ख) मा पर्ने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ पाउँदुर गाउँ कृषि गाउँका लागि छनौट भएका छन् ।

कृषि गाउँका लागि पर्वतबाट पर्वत क्षेत्र नम्बर १ (क) मा पर्ने कुश्मा नगरपालिका वडा नम्बर १ पाङ्ग र पर्वत क्षेत्र नम्बर १ (ख) मा पर्ने फलेवास नगरपालिका वडा नम्बर १० को कुर्घा गाउँ छनौट भएका छन् ।

कृषि गाउँका लागि बागलुङबाट बागलुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश गाउँ र बागलुङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवा गाउँ छनौट भएका छन् । यसैगरी बागलुङ क्षेत्र नम्बर २ को (क) मा पर्ने ताराखोला गाउँपालिका वडा नम्बर ५ करिमेला गाउँ र बागलुङ क्षेत्र नम्बर २ को (ख) मा पर्ने निसीखोला गाउँपालिका वडा नम्बर ५ मसलगाउँ पनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

कृषि नमूना गाउँका लागि स्याङ्जाबाट स्याङ्जा क्षेत्र नम्बर १ को (क) मा पर्ने विरुवा गाउँपालिका वडा नम्बर २ श्रीडाँडा अर्चल गाउँ र स्याङ्जा क्षेत्र नम्बर १ को (ख) मा पर्ने फेदीखोला गाउँपालिका वडा नम्बर २ तल्लो कुडुले तथा सोहि गाउँपालिका वडा नम्बर १ रामकोट पनि छनौट भएका छन् । यसैगरी स्याङ्जा क्षेत्र नम्बर २ को (क) मा पर्ने भिरकोट नगरपालिका वडा नम्बर ८ स्थित ओकादी पञ्चासे र स्याङ्जा क्षेत्र नम्बर २ (ख) मा पर्ने चापाकोट नगरपालिका वडा नम्बर ५ सिमगाउँपनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

कृषि नमूना गाउँका लागि तनहुँबाट तनहुँ क्षेत्र नम्बर १ (क) मा पर्ने भानु नगरपालिका वडा नम्बर ११ बाँसखर्क, लामस्वाँरा तथा काफलस्वाँरा गाउँ र तनहुँ क्षेत्र नम्बर १ (ख) मा पर्ने आँबुखैरेनी–४ भागे गाउँलाई छनौ भएको छ । यसैगरी तनहुँ क्षेत्र नम्बर २ को (क) मा पर्ने शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ९ स्थित भातडाँडा तथा शुक्ला गण्डकी १२ लिलाचोक र तनहुँ क्षेत्र नम्बर २ को (ख) मा पर्ने भिमाद नगरपालिका ९ भानुमती गाउँपनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

कृषि नमूना गाउँका लागि म्याग्दीबाट म्याग्दी क्षेत्र नम्बर १ को (क) मा पर्ने बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तथा सुर्केमेला र म्याग्दी क्षेत्र नम्बर १ को (ख) मा पर्ने मंगला गाउँपालिका वडा नम्बर २, ३ र ५ पनि छनौट भएका छन् ।

कृषि नमूना गाउँका लागि मुस्ताङबाट मुस्ताङ क्षेत्र नम्बर १ को (क) मा पर्ने लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ र मुस्ताङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्थित स्याङ्ग गाउँपनि छनौट भएका छन् ।

कृषि नमूना गाउँका लागि मनाङबाट मनाङ क्षेत्र नम्बर १ को (क) मा पर्ने नाशो गाउँपालिका वडा नम्बर ७ र ८ स्थित तिल्चे र मनाङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने डिस्याङ गाउँपालिका वडा नम्बर ४, ६ र ८ छनौट भएका छन् ।

त्यस्तै कृषि नमूना गाउँका लागि गोरखाबाट गोरखा क्षेत्र नम्बर १ को (क) मा पर्ने गण्डकी गाउँपालिका १ स्थित चेपाङबस्ती बडडाँडा र गोरखा क्षेत्र नम्बर १ को (ख) मा पर्ने भीमसेन गाउँपालिका वडा नम्बर ५ बगुवा रिठेपानीपनि छनौट भएका छन् । यसैगरी गोरखा क्षेत्र नम्बर २ को (क) मा पर्ने पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित दोभान ¥याले र गोरखा क्षेत्र नम्बर २ को (ख) मा पर्ने वारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ स्थित सिमलसोति तथा राङरुङ गाउँपनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

कृषि नमूना गाउँका लागि लमजुङबाट लमजुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने दोर्दी गाउँपालिका वडा नम्बर ८ स्थित पुरानेद्वार बजार र लमजुङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने क्होँलासोंथर गाउँपालिका वडा नम्बर ४ स्थित भुजुङ गाउँ छनौट भएका छन् ।

नमूना कृषि गाउँका लागि नवलपुरबाट नवलपुर क्षेत्र नम्बर १ को (क) मा पर्ने देवचलुी वडा नम्बर १६ स्थित बाह्रकोल र नवलपुर क्षेत्र नम्बर १ को (ख) मा पर्ने बुलिङटार वडा नम्बर ५ स्थित भदौरी, लापाक तथा आमडाँडा गाउँ छनौट भएका छन् । यसैगरी नवलपुर क्षेत्र नम्बर २ को (क) मा पर्ने मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नन्दपुर, सितापुर तथा सेरी र नवलपुर क्षेत्र नम्बर २ को (ख) मा पर्ने मध्यविन्दु नगरपालिका वडा नम्बर ६ स्थित बरुवा तथा हर्दिया गाउँ कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

कृषि ज्ञान केन्द्र प्रमुखको संयोजकत्वमा पशु सेवा विज्ञ केन्द्र प्रमुख, सम्बन्धित तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधी, सम्बन्धित स्थानिय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृत स्तरको कर्मचारी सदस्य सचिव रहेको छनौट समितिले नमूना कृषि गाउँ छनौट गरेको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख माधव लम्सालले जानकारी दिए । छनौट समितिले प्रत्येक निर्वाचन क्षेत्रको मुख्य कृषि पर्यावरणीय क्षेत्रको प्रतिनिधित्व हुने ठाउँ, बाह्रै महिना सडक यातायातको सुविधा पुग्ने क्षेत्र, कम्तिमा कुनै एक कृषि एवम् पशुजन्य उत्पादनको व्यवसायीकरणको सम्भाव्यता भएको क्षेत्र, कृषि जैविक विविधताको प्रवद्र्धन, प्राङ्गरिक÷पर्यावरणीय कृषि र कृषि पर्यटनको सम्भाव्यता भएको स्थान, सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालित यस्तै प्रकृतिका कार्यक्रमहरुको समन्वयको सम्भाव्यता भएको स्थान, गाउँका अधिकांश घरधुरीहरुको जिविकोपार्जन कृषि र पशुपालनमा आधारित रहेको, जलवायु तथा वातावरणीय जोखिम र संकटासन्नता बढी भएको स्थान तथा पीछडा वर्गमा पर्ने समुदाय, महिला तथा युवा लक्षित कार्यक्रमको सम्भाव्यताको भएको स्थानलाई महत्वका साथ अंक दिएर त्यसैको आधारमा गाउँ छनौट गरेको उनले बताए ।

उनले अब सहकारी भए सहकारीबाट नत्र सहकारी गठन गरेर नमूना कृषि गाउँ कार्यक्रम शुरुवात गरिने बताए । छनौट भएका प्रत्येक नमूना कृषि गाउँलाई ३० लाख रुपैयाँ प्रदान गरिनेछ । कृषि गाउँका लागि १० करोड ८० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोश्रो वर्ष त्यसको पचास प्रतिशत पुनः रकम पाउनेछ । पहिलो वर्ष सञ्चालित नमूना कृषि गाउँलाई अर्को वर्ष पचास प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषि गाउँ बनाउनका लागि खर्च गरिने स्पष्ट पारे ।

नमूना गाउँका लागि कम्तिमा ५० घर धुरी अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । कार्यक्रम सहकारीमार्फत गरिने जनाइएको छ । सहकारी नभएको गाउँ छनौट भएमा सामुहिक भेला गरी तदर्थ समिति गठन गरी सहकारी गठन गरी काम शुरु गर्ने कार्यविधीमा उल्लेख छ । कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकुलित प्रविधी, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैंगिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सहसिकाई कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको महाशाखा प्रमुख लम्सालले बताए ।

नमूना कृषि गाउँको छनौट भएकाले अब कार्यक्रम तिव्र रुपमा अघि बढाइनेछ । जसका लागि नमूना कृषि गाउँका लागि प्राविधिक छनौट शुरु हुनेछ भने यसको सम्पूर्ण काम कार्यक्रम ब्यबस्थापन एकाईले गर्नेछ । गण्डकी प्रदेश कृषि महाशाखा प्रमुख लम्साललाई कार्यक्रम ब्यबस्थापन एकाइ प्रमुख तोकिएको छ । एकाई प्रमुख लम्सालले भिमाद नगरपालिका वडा नम्बर ९ स्थित भानुमती गाउँबाट नमूना कृषि गाउँको शुरुवात गरिने जानकारी दिए । उनका अनुसार नमूना कृषि गाउँ कार्यक्रम फागुन महिना भित्रैबाट शुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले प्रत्येक निर्वाचन क्षेत्रमा पर्ने गरी एक नमूना कृषि गाउँ छनौट गरिएको बताए । उनले पहिलो वर्ष एक निर्वाचन क्षेत्र एक कृषि नमूना गाउँ बनाइने भएपनि पछि गएर एक स्थानिय तह एक नमूना कृषि गाउँ स्थापना गर्ने उद्धेश्य रहेको बताए ।

You might also like

Comments are closed.