पोखरामा फोर नेसन्सको शाखा विस्तार

पोखरा । अस्ट्रेलिया, युरोप, अमेरिकालगायतका मुलुकमा अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ। यसरी जाने विद्यार्थीलाई सघाउने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन्। यसै सन्दर्शमा फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ।

अस्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखाको सुरुआत गरे ।

उनले अस्ट्रेलियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए। इमिग्रेसन लयरसमेत रहेका डाइजले भने, ‘अस्ट्रेलिया अद्भूत अवसर भएको सुन्दर मुलुक हो। हामी त्यहाँ जान चाहने विद्यार्थीलाई सबै प्रकारका सेवा दिन्छौं।’

jutta mela

अस्टे«लियाले अहिले २ सय प्रकारका भिसा दिइरहेका जनाउँदै विशेष दक्षता भएकाहरुले जान चाहे पनि आफूहरुले सघाउने उनले बताए। सन् २००६ मा स्थापना भएको फोर नेसन्सले हालसम्म ३० हजारभन्दा बढी विद्यार्थीलाई अध्ययनका लागि अस्टे«लिया जान सघाएको कम्पनीको दाबी छ।

कम्पनीका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर कोमलराज पाठकले नेपाली विद्यार्थीको रुचि, अध्ययन र त्यसपछिका अवसर हेर्दा अस्ट्रेलिया आकर्षक देश भएको बताए। उनले भारत, भियतनाम र नेपालमा कार्यालय रहेको फोर नेसन्सले दिएको सेवाबाट अहिलेसम्म विद्यार्थीहरु सन्तुष्ट रहेको बताए ।

कन्सल्टेन्सीका पोखरा शाखा प्रमुख नारायण सुवेदीले कास्की र आसपासका जिल्लामा रहेको विद्यार्थीलाई लक्षित गरी शाखा खोलिएको बताए। अस्ट्रेलिया, अमेरिका र क्यानडामा उच्च शिक्षा अध्ययनमा जान चाहने विद्यार्थीलाई उचित परामर्श र प्रक्रियामा सहयोग गरिने उनको भनाइ छ।

You might also like

Comments are closed.