सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ

पोखरा, ८ साउन ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुक्त भएका छन् । बैंककोे शुक्रवार बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । संखुवासभा जिल्लाको चैनपुरमा आज भन्दा ४६ बर्ष अघि जन्मिएका श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्स्टिच्युट अफ चाटर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेड सम्मको जिम्मेवारी सम्हालेका थिए भने सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरिसकेका छन् । सो पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा समेत कार्य गरेका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका छन् ।

यसरी बिभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ अनुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुने संचालक समितिको विश्वास  छ ।

You might also like

Comments are closed.