कैलाश विकास बैंकको २५औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २२ पुस

कैलाश विकास बैंकको २५औं बार्षिक साधारण सभा आइतबारसम्पन्न भएको छ । बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको बताइएको छ । गत आ.व. २०७४÷७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको थियो ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा जेष्ठ यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । अत्याधुनिक प्रविधिको उपयोग गर्दै यस बैंकले ८० वटा शाखाबाट समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

बैकका सञ्चालक उद्घवराज पुरीले स्वागत गरेको साधारण सभाको संचालन बैंकका कम्पनी सचिव प्रकृतिराज तिमिल्सिनाले गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.