काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा अवस्थित साउथ सिड्नी कलेजको ‘इन्फरमेसन सेसन’ सम्पन्न भएको छ । एसडी मिराकल बागबजारमा सेसन सम्पन्न भएको हो ।
उक्त अवसरमा कलेजका प्रतिनिधि मार्केटिङ हेड इमरान हुसेनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको एसडी मिराकलका सञ्चालक गणेश शर्माले जानकारी दिए ।
विद्यार्थीले प्राप्त गर्ने सम्भावित छात्रवृत्ती, उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाँदा जान्नुपर्ने सम्पूर्ण जानकारी उक्त अवसरमा विद्यार्थीलाई प्रदान गरिएको थियो । एसडी मिराकलले समय-समयमा इन्फरमेसन सेसनलगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा साउथ सिड्नी कलेजका नेपाल प्रतिनिधि विकास शाहले जेहेन्दार तथा मेहनती विद्यार्थीलाई कलेजको तर्फबाट छात्रवृत्ती उपलब्ध गराउने जानकारी दिए ।
Comments are closed.