काठमाडौं । अल्ब्राइट इन्स्टिच्युट अफ बिजनेस एण्ड ल्याङवेज अष्ट्रेलियाको आयोजनामा पोखरामा ‘एजेन्ट मिट’ सम्पन्न भएको छ । कार्यक्रममा पोखरा क्षेत्रका एजुकेसन कन्सल्टेन्सीका सञ्चालक तथा एजेन्टहरुको सहभागिता रहेको बिजनेस डेभलपमेन्ट म्यानेजर सुष्मिता सुब्बाले जानकारी दिइन् ।
अल्ब्राइटले अष्ट्रेलियाको मेलवर्न, एडेलेड, ब्रिसबेन रा सिड्नीमा कलेजहरु सञ्चालन गरिरहेको छ । उक्त अवसरमा इन्स्टिच्युट अन्तर्गतका कलेजमा पढाई हुने कोर्ष, संस्थाको नयाँ नीति, नियम तथा छात्रवृत्तीको अवसर लगायतका बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।
उक्त अवसरमा इन्स्टिच्युटका इन्टरनेशनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज हाजीले अष्ट्रेलियामा नेपाली विद्यार्थीको आकर्षण राम्रो रहेको बताउँदै आफूहरु सहकार्यका लागि सधैं तयार रहेको बताइन् ।
Comments are closed.