पाकिस्तानमा २० दिनमा तीनपटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तान । पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । योबीचमा झण्डै २९ प्रतिशत मूल्यबृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्यवृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उनले बताए।

उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए । गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए।

jutta mela

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैया पुगेको छ ।

You might also like

Comments are closed.