साताको सेयर : नेप्से १९ सय ७१.३८ अंकमा सीमित, जम्मा कारोबार ५ अर्ब ५९ करोड

काठमाडौं । सातामा नेप्से १९ सय ७१.३८ अंकमा सीमित भएको छ। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१.१४ अंकमा सिमित भएको छ ।

यो साता कुल दुई सय ३२ कम्पनीको एक लाख २३ हजार नौ सय २९ पटकको कारोबारमा एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

गत साता नेप्सेमा दुई सय ३१ कम्पनीको एक लाख ३४ हजार नौ सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैयाँको कारोबार भएको थियो। नियमित कारोबारका लागि नेप्से सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये चार कार्यदिन लगातार नेप्से घटेको थियो भने चौथो कार्य दिन मात्र नेप्से बढेको थियो । सोही आधारमा यो साता कारोबार रकम गत साताको तुलनामा घटेको हो ।

कारोबार भएको पाँच कार्य दिनमध्ये पहिलो दिन १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि सात दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ खुम्चिएको थियो । यसबीचमा चौथो दिन बाहेकका बाँकी दिनमा लगातार नेप्से घटेको थियो ।

 

You might also like

Comments are closed.

Secret Link