काठमाडौं । एक दिन मंगलबार बढेको सेयर बजारको यात्रा फेरि ओरालो लागेको छ । केही समयदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार परिसूचक नेप्से हिजो दोहोरो अंकले बढेको थियो । हिजो नेप्से ३७ दशमलव ४९ अंले बढेर एक हजार नौ सय २२ दशमलव ३० विन्दुमा पुगेर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो।
लगानीकर्ताहरुमा त्यो खुसी एकदिन पनि टिक्न सकेन । आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ३१ दशमलव २१ अंकले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएको छ । कारोबार रकम पनि ८४ करोडमा खुम्चिएको छ । आज दुई सय २९ वटो कम्पनीको ३० लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ४१ अंकले घटेर १३ सय ३५ दशमलव ७० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८९ दशमलव ५९ अंकले घटेर तीन हजार एक सय ६१ दशमलव ९३ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ५३ दशमलव ५८ अंकले घटेर २१ सय दशमलव ९८ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक एक सय ५५ दशमलव २२ अंकले घटेर सात हजार ६ सय ५१ दशमलव ९९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ३२ दशमलव २२ अंकले घटेर आठ हजार नौ सय ८० दशमलव ४२ अंकमा झरेको छ ।
Comments are closed.