हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम

काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो । कम्पनीले असार १५ गतेबाट १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। योमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। जसमा माग भन्दा ८.६७ गुणा बढी आवेदन परेको छ। सीडीएसका अनुसार आज बिहान १० बजेसम्ममा १ अर्ब ५८ करोड ७१ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो।

आज बिहान १० बजेसम्ममा १३ लाख ९३ हजार ७०५ जनाले १ करोड ५८ लाख ७१ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्। लगानीकर्ताले यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

You might also like
Ram Tulasi Palpa

Comments are closed.