लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको पदस्थापन

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको पदस्थापन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । काठमाडौंस्थित सचिवालयमा आयोजित एक कार्यक्रमबीच डिष्ट्रिक्ट गभर्नर राजेन्द्रकुमार बाटाजूसहित अन्य लिडरहरुको पदस्थापन भएको हो ।

प्रमुख अतिथि आइडी इन्डोर्सी बालकृष्ण बुलाकोटीले पदस्थापन गराएका हुन् । डिस्ट्रिक्ट प्रथम महिला कोहिनूर बाटाजूसहित फस्ट फाइस गभर्नर सुचित्रा थापा, सेकेण्ड भाइस गभर्नर निरा बज्राचार्य, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी मीनराज काफÞ्ले, ट्रेजरर मदन मुल्मी, डिस्ट्रिक्ट चिफ एडभाईजर दुर्गाप्रसाद हुमागाईले पदभार ग्रहण गरेका छन् ।

त्यस्तै लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट दिप्ती न्यौपानेले पनि पद बहाली गरेका छन् । डिस्ट्रिक्ट सचिवालयको कार्यालय काठमाडौं ३ सामाखुशी जलधारामा रहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.