वि.सं २०४८ सालमा गोंगबुमा स्थापना भएको विष्णुमती आवासीय मा.वि.तथा बिएसटी कलेज गत वर्षदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा रहेको छ । काठमाडौंको गोंगबु एरियामा रहेर कलेजले मध्यम शुल्कमा विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर धेरै विद्यार्थीहरुको करियरलाई बुस्ट गर्न एक्सरसाइज गरिरहेको छ । यहाँका फाउन्डर र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् । कलेज छोटो समयमा धेरै विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर आर्थिक आवाजका मीरा साउँदले कलेजका क्याम्पस चिफ देवेन्द्रप्रसाद हडखलेसंग गरिएको कुराकानीः
बिएसटी कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भइरहेको छ । कस्तो रिजल्ट आइरहेको छ ?
विष्णुमती आवासीय मा.वि.वि.स.२०४८ सालमा गोंगबुमा स्थापना भएको शैक्षिक संस्था हो । विष्णुमती आवसीय मा.वि. २०६८ सालमा विद्यालय लेवलबाट अपग्रेट गरेर कलेज लेवलमा प्रवेश गरेको संस्था पनि हो । यसका साथै टोखा नगरपालिका वडा नं ९ मा रहेको एउटामा मात्रै प्लस टू र व्याचलर सञ्चालित कलेज पनि हो । स्थापनाकालदेखि नै यस विद्यालयले धेरै आरोह अवरोहहरु पार गर्दै २०७८ सालदेखि नयाँ व्यवस्थापनबाट संचालित भइरहेको छ । नयाँ म्यानेजमेन्ट एकदमै सानो र चुस्तदुरुस्त टीम र त्यो पनि विशेष गरेर एकेडेमिक व्यक्तिहरुबाट मात्रै संचालित संस्था पनि हो ।
हामीसंग जुन साथीहरु संचालकको रुपमा रहनुभएको छ उहाँहरुले बिगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अझ विशेषगरी प्राइभेट सेक्टरमा उल्लेखनिय योगदान गर्नु भएको छ । नयाँ म्यानेजमेन्टदेखि नै यो संस्थाप्रति विद्यार्थी तथा अभिभावकहरुको हामीमाथि विश्वास रहेको छ । यसको नतिजा स्वरुप हामीले पहिलो वर्षमा नै विद्यार्थीहरुको इन्टेक सोचेअनुसार नै बढाउन सकेका छौं ।
विद्यालय लेवलमा यो वर्ष मात्रै करिब सय जना विद्यार्थीहरु थपिएका छन् भने कलेजमा हामीले ११ मा अघिल्लो वर्ष ३ सय विद्यार्थीहरुको इन्टेक लिइसकेका छौं । यहाँको पठनपाठन, इसिए र सिसिए एक्टीभिटिजलाई अभिभावकहरुले मनन गरेका कारण विद्यालय र कलेज दुइटैले आफ्नो एउटा उचाईं लिइरहेको छ । उहाँहरु एकदमै खुसी हुनुहुन्छ र आगामी दिनहरुमा पनि उहाँहरुले यसैगरी सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं ।
बिएसटी कलेजले विद्यार्थीको कुन कुरालाई ध्यानमा राखेर अध्यापन गराइरहेको छ?
–पढाइ भनेको विद्यार्थीहरुको सर्वाङ्गीण विकास हो । शारीरिक र मानसिक दुवैरुपमा विद्यार्थीहरु तन्दुरुस्त रहनु पर्छ । सिकाइ भनेको सबैभन्दा गाह्रो विषय हो । सिक्नका लागि वातावरण चाहिन्छ । हामीले विशेषगरी विद्यार्थीहरुलाई सिकाइका क्रममा उनिहरुले जुन कुराको अभाव महसुस गरिराखेका छन् ती कुराहरुलाई मुख्यरुपमा लिएर अगाडि बढ्ने प्रयास गरेका छौं ।
हामीले विद्यालयका सम्पूर्ण कुराहरुलाई विशेष ध्यानमा राखेर सिकाइको प्रक्रियालाई अगाडि बढाएका छौं । पढाईका अलावा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि बढी फोकस गरेको हुँदा विद्यार्थीहरुमा सिकाइप्रतिको उत्प्रेरणा जागेको छ । र, यो जागरुकपनले गर्दा उनिहरु पढाइप्रति पनि सचेत त छन् नै पढाइलगायतका अन्य कुराहरुमा पनि उनिहरुले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । अतिरिक्त क्रियाकलाप सम्वन्धी विभिन्न प्रतियोगिता तथा गतिविधी संचालन गर्दै आइरहेका छौं जसले विद्यार्थीको थप प्रतिभा पहिचान तथा प्रष्फुटन गर्न सहयोग पुग्ने गरेको छ ।
हामीले शिक्षालाई जीवनसंग जोड्ने प्रयास गर्दछौं । स्कूल होस् या कलेज लेवल हामीले साइन्सका विद्यार्थीहरुलाई सैद्धान्तिक संगसंगै प्रयोगात्मक कक्षाहरुको राम्रो व्यवस्था गरेका छौं । देखाउने मात्रै नभएर हामीले विद्यार्थीहरुलाई आफै गर्नका लागि प्रेरित गर्छौं । यसले विद्यार्थीलाई सिकाइप्रतिको अभिप्रेरणा जागृत गराएको छ भने बुझ्ने कुरामा विकास भएको छ । हामी मात्रै होइन, सबै प्राइभेट संस्थाहरुले यो पद्धति फलो गर्नुपर्छ भन्ने हाम्रो बुझाइ पनि हो ।
हाल कलेजमा कुन–कुन संकायमा अध्यापन भइरहेको छ ?
विष्णुमती आवसीय मा.वि.मा नर्सरीदेखि लिएर हामीले व्याचलर लेवलसम्मको पढाइ संचालन गरेका छौं । विशेषगरी अहिले एसईई दिएर बस्नु भएका भाइबहिनीहरु एसईई पछाडि आफ्नो एउटा गन्तब्यमा जानका लागि विभिन्न खालका संघसंस्थाहरु, स्कूल, कलेजहरुप्रतिको उहाँहरुको मोविलिटी छ, त्यो अर्थमा बिएसटी कलेजको कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन विषयमा अध्यापन गराउदैं आएको छ । म्यानेजमेन्ट विषयमा हामीले विद्यार्थीका लागि सबै विषयहरुको अप्सनहरु खुल्ला गरेका छौं ।
म्यानेजमेन्ट यस्तो क्षेत्र हो जहाँ, विद्यार्थीले आफ्नो रोजाइअनुसारको विषयहरु पढ्न पाउछन् । हामीले म्यानेजमेन्ट विषयअन्तर्गत होटेल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, माउन्टेनियरिङलगायत विभिन्न विषयमा अध्यापन गराइरहेका छौं । त्यसैगरी साइन्समा पनि हामीले ११ कक्षादेखि नै विद्यार्थीहरुलाई फिजिकल ग्रुपमा कम्प्यूटर विषयको अध्यापन गराइरहेका छौं भने बायोलोजी ग्रुपमा बायोलोजी लिएर उनिहरुलाई अध्यापन गराएका छौं । यसर्थ, ११ कक्षामा भर्ना हुन चाहेका विद्यार्थीले आफूले चाहेका जुनसुकै विषयहरु पनि बिएसटी कलेजमा पढ्न सक्छन् ।
हाल कलेजमा कति विद्यार्थी अध्ययनरत छन् ?
गत वर्ष हामीले विज्ञान विषयमा ८० जना विद्यार्थीलाई दुईवटा सेक्सनका रुपमा लिएका थियौं भने, म्यानेजमेन्ट विषयमा विद्यार्थीको पाँचवटा समूह बनाएर पढाएका थियौं । यस वर्ष भने हामी त्यसलाई दोब्बर बनाउने तयारीमा छौं । यस वर्ष साइन्समा १६० जना विद्यार्थीको चार वटा समूह, म्यानेजमेन्टमा ८ समूहमा भर्ना गर्ने हाम्रो उद्देश्य छ ।
विद्यार्थीहरुका लागि विद्यालयमा अध्ययन गर्ने वातावरण कस्तो छ ?
काठमाडौंको मुटुमा रहेको गोंगबु एरिया, जहाँ वरिपरि ठूल्ठूला मलहरु छन् । तर, बिचमा एकदमै शान्तरुपमा बगेको समुन्द्र जस्तै हो बिएसटी । वातावरणको दृष्टिकोणले पनि हामीसंग एकदमै शान्त वातावरण छ । त्योभन्दा ठूलो कुरा हामीसंग सिक्ने सिकाउने वातावरण छ । हामीसंग शिक्षकहरुको समूह छ, उहाँहरु बिगत लामो समयदेखि कार्यरत हुनुहुन्छ । यहाँका फाउन्डर र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा एकदमै उत्सुक छन् । उनिहरुभित्रको जुन उत्प्रेरणा छ, त्यसले पनि उनिहरुले सिक्ने कुरामा अग्रसर भूमिका खेलेका छन् ।
पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा कलेजले विद्यार्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?
पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको कुलतको विषय घरदेखि नै जागरुक हुनुपर्ने विषय हो भन्ने मलाई लाग्छ । विद्यार्थीहरु एसईई पास गरेर जब कलेज प्रवेश गर्छन् । त्यसबेला उनिहरुलाई फरक खालको अनुभूति हुन्छ । पहिलो कुरा विद्यार्थीहरु विद्यालयको साघुरो घेरामा शिक्षकहरुको एकदमै प्रेसरमा रहेर जुन अध्ययन गरेका हुन्छन् त्यसपछि कलेजमा प्रवेश गर्ने बित्तिकै उनिहरुले एकखालको फ्रिडम भएको महसुस गर्छन् ।
अर्को कुरा अहिलेको पुस्तामा सिकाइप्रतिको अभिरुची एकदमै कम छ । त्यसको कारण हो अहिलेका अभिभावकहरुले आफ्ना बालबालिकालाई धेरै माया अनि यति धेरै सुख सुविधामा हुर्काएका हुन्छन् कि त्यो सुख सुविधाको बालबालिकाहरुले दुरुपयोग गरिरहेका हुन्छन् । एसईई पछिको फ्रिडम, साथीहरुको संगत र कलेजहरुले गरेको वेवास्ताका कारण विद्यार्थीहरु कुलतमा फसेका हुन्छन् । कुलत भन्नाले नसालु पद्धार्थ खानु मात्रै होइन, आधुनिक ग्याजेटसहरुप्रतिको लगाव पनि कुलत नै हो । जसलाई हामी डिजिटल सिक्नेस पनि भन्ने गर्दछौं । नसालु पद्धार्थले मात्रै होइन अहिले डिजिटल सिक्नेसले पनि उनिहरुलाई कुलतमा फसाएको छ ।
यदि हाम्रा बालबालिकाहरुलाई हामीले यो बानीहरुबाट टाढा बनाउन सकेनौ भने उनिहरुको जीवन सार्थक रहँदैन् । त्यसकारण विष्णुमती आवसीय मा.वि, बिएसटी कलेजको मुख्य भूमिका के हो भने स्कूल लेवलदेखि प्लस टू, ब्याच्लर लेवलसम्मै विद्यार्थीहरुलाई आवश्यक परामर्श हामीले दिने गरेका छौं । विद्यार्थीहरुको आवश्यकता अनुसार हामीले परामर्शहरु पनि दिने गरेका छौं । जसले गर्दा विद्यार्थीहरुमा एक खालको सचेनता विकास भएको छ । हामीले संचालन गर्ने परामर्शका कार्यक्रमहरु र शिक्षहरुको सक्रियताका कारण बिएसटीका विद्यार्थीहरु यो कुराबाट टाढा पनि छन् र हामी आगामी पुस्तालाई पनि यो सन्देश दिन चाहन्छौं ।
कलेजका आगामी योजनाहरु के-के छन् ?
हामीले आगामी दिनमा कलेजलाई उचाईँमा पुर्याउने र यसमा हुनसक्ने विभिन्न कार्यक्रमहरुको बारेमा कस्तो कार्यक्रम संचालन गर्न सकिन्छ, भन्ने कुरालाई लिएर हामीबीच छलफल भइरहेको छ । भएका कार्यक्रमहरुलाई प्रभावकारीरुपमा अघि बढाउने, प्लस टू मा भएका विद्यार्थीहरुलाई खुसीसाथ यहाँबाट जाने वातावरण बनाउने र ब्याचलर लेवलमा बिबिएस प्रोग्राम जुन हामीसँग अहिले रन भइरहेको छ, त्यो बाहेक बिबिएको प्रोग्राम थप्ने, बिएचएमको प्रोग्राम थप्ने, बिसिएको प्रोग्राम थप्ने र संगसंगै मास्टर डिग्रीको पढाइ सुरु गर्ने भन्ने योजनामा छौं । त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पनि थप्ने तयारी हामीले गरेका छौं । विष्णुमती आवसीय मा.वि, बिएसटी कलेज एकेडेमिक हवको रुपमा विकास भई आफ्नो छुट्टै पहिचान बनाउने छ ।
विद्यार्थीले बिएसटी कलेज किन रोज्ने ?
एसईई दिएर बस्नु भएका भाइबहिनीहरु जो राम्रो कलेजको खोजीमा हुनुहुन्छ, उहाँहरुका लागि बिएसटी कलेज राम्रो गन्तव्य हो । विष्णुमती आवसीय मा.वि, बिएसटी कलेज ग्रुप अफ एकेडेमिसियन शुद्ध शिक्षकहरुको समूह, त्यो पनि लामो समयसम्म प्राइभेट सेक्टरमा आफ्नो करियर बनाएर बस्नु भएका शिक्षकहरुको समूहबाट संचालित हो । जसमा विद्यार्थी र विद्यार्थीको करियर पहिलो कन्सर्नमा पर्ने गर्दछ । सस्तो शुल्क लिएर हामीले विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर धेरै विद्यार्थीहरुको करियरलाई बुस्ट गर्नको लागि धेरै एक्सरसाइज गरिरहेका छौं । यदि बिएसटी कलेजमा तपाईहरु आउनु भयो भने तपाईले पछाडि फर्केर सोच्नुपर्दैन भनेर म तपाईहरुलाई यो सन्देश पनि दिन चाहन्छु ।
शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, यस क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
म तनहुँमा जन्मिएर, गाउँले परिवेशमा हर्किएको व्यक्ति हुँ । मैले सरकारी विद्यालयमा आफ्नो अध्ययन पूरा गरेको हुँ । उच्च शिक्षा पनि मैले सरकारी विश्वविद्यालयबाट नै पूरा गरेर काठमाडौंमा बिगत लामो समयदेखि संघर्ष गरेर यहाँसम्म आएको व्यक्ति हुँ । यहाँसम्म आइपुग्दा मैले काठमाडौंमा रहेका राम्रा संस्थाहरुमा काम गर्ने मौका पाए । र, मैले त्यो मौका र अनुभवलाई संगालेर आफ्ना प्राइभेट संस्थाहरुलाई यो उचाइसम्म पुर्याउने अवसर पनि पाए । मैले मेरो मास्टरर्सको अध्ययन सकिए पछि सेन्ट जेभियर्स कलेज माइतीघरमा लामो समय अध्यापन गराए । त्यो समयमा म भ्यालिभित्रका एकदमै राम्रा ‘ए’ लेवलका कलेजहरुमा आवद्ध भए ।
अध्यापनका विभिन्न अनुभवलाई संगालिसकेपछि विष्णुमती मा.वि.मा प्रवेश गरेको हो । मेरो जति पनि यात्रा छ, त्यो मेरो नितान्त प्राइभेट सेक्टरको यात्रा हो । अझै पनि यो क्षेत्रमा धेरै कुराहरु गर्न बाँकी छ र गर्न सकिन्छ भन्ने आँट बोकेर विष्णुमती आवसीय मा.वि.को प्रिन्सिपल र बिएसटी कलेजको क्याम्पस चिफको रुपमा विगत एक वर्षदेखि कार्यरत छु । विद्यार्थीलाई अध्यापन क्षेत्र मेरो रुचीको क्षेत्र पनि हो । नेपालको शैक्षिक क्षेत्रमा केही योगदना दिनसकु भन्ने सोचका साथ यस क्षेत्र रोजेको हुँ । यस क्षेत्रमा म सन्तुष्ट पनि छु । विद्यार्थी तथा अभिभावकले हामीप्रति गर्नुभएको विश्वास र मायाले पनि थप हौसला प्रदान गरेको छ ।
शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । अध्यापन के हो यहाँको विचारमा ?
मेरो लागि अध्यापन भनेको मेरो खुसी हो । म स्कूलदेखि नै पढ्नमा पनि अब्बल विद्यार्थी मध्यकै एक हो । कलेज लाइफमा पनि म अब्बल विद्यार्थीका रुपमा नै गनिएको हो । युनिभर्सिटीको सेकेण्ड टपर विद्यार्थी पनि हो । मेरो रुची भनेको जहिले पनि अध्यापन नै रह्यो । यो अध्यापनले मलाई दिएको सबैभन्दा ठूलो कुरा भनेको मेरो खुसी हो । यो खुसीको कारणले गर्दा अहिले म जुन उचाईँमा छु, मैले जे कुरा गर्न गरेको छु, त्यो सबै मेरो सन्तुष्टीबाट नै प्राप्त भएको हो भन्ने मलाई लाग्छ । म जुनसुकै लेवलका बालबालिकासंग रमाउन एकदमै आतुर हुन्छु । सानो नर्सरीको बच्चाहरुदेखि लिएर ब्याचलरको बच्चाहरुसंग उत्तिकै खुसी साट्ने मान्छे हुँ । त्यसकारण पनि मैले यहाँबाट सन्तुष्ट छु ।
Comments are closed.