‘इक्यान शैक्षिक मेला’ आज सकिने, विद्यार्थीको भिड लाग्ने आयोजकको विश्वास

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सुरु भएको सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ आज शनिबार सकिदैछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन मेला आयोजना गरिएको इक्यान कास्कीले जनाएको छ।

इक्यान शैक्षिक मेलाको पहिलो दिन मेला अवलोकन तथा परामर्शका लागि विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको र शनिबार अझै धेरै विद्यार्थी मेलामा उपस्थित हुने आयोजकको विश्वास रहेको प्रचारप्रचार संयोजक कमलनाथ बरालले जानकारी दिए । ‘शनिवार मेलामा विद्यार्थी तथा अभिभावकको संख्या बढ्ने विश्वास छ,’ उनले भने ।

मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन आयोजना गरिएको अध्यक्ष इविन्द्रराज तिवारीले बताए ।

मेलामा विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीति, त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति तथा सहुलियत, सुविधा एवं गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच लगायत विविध विषयमा आधिकारिक जानकारी दिइएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी भएको मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुले करिव ४० स्टलबाट निःशुल्क रुपमा आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श दिएका छन् ।

पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सरमा इन्टरनेशनल कलेज अफ अप्लाईड साईन्स, एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया, मुख्य प्रयोजकमा आईइडियु गु्रप अष्ट्रेलियालेसाथ दिएको छ भने मेलाको सर्पोटेड बाईमा भिक्टोरियन एन्सिच्यूड अफ एजुकेशन र व्लु लोटस, बैंकिङ पार्टनरमा ग्लोवल आईएमई बैंक र होटल पार्टनरमा कुटी रिर्साेट लेकसाइड छन् ।

You might also like

Comments are closed.

Secret Link