पोखरा । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले दुई छट्टाछट्टै ठाँउमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लक्ष्मी बैंकका गण्डकी प्रदेश प्रमुख सन्दिप मानन्धरले महेन्द्र गुफा र चमेरे गुफाका पर्यटकीय विकास समितिका अध्यक्ष गुरुदत्त भट्टराईलाई विरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
देशकै पर्यटकीय क्षेत्रको रुपमा परिचित पोखरा म.न.पा. वडा न. १६ स्थित महेन्द्र गुफा परिसर र पोखरा म.न.पा वडा न. ११, फुलबारीस्थित सैनिक आवासिय महाविद्यालय परिसरमा सम्पन्न वृक्षरोपण कार्यक्रमहरुमा गुलमोहर, राजवृक्ष, कपुर, आपँ, लिची लगायतका करिव छ सय फलफुलका विरुवाहरु रोपिएको थियो ।
कार्यक्रममा बैंकका क्षेत्रीय कार्यालय तथा विभिन्न शाखाका कर्मचारीहरु, गुफा संरक्षण समितिका पदाधिकारीहरु तथा स्थानिय बासिन्दाहरुको उल्लेख्य सहभागिता थियो ।
त्यस्तै सैनिक आवासिय महविद्यालयमा आयोजित कार्यक्रममा बैकंका पोखरा क्षेत्रका विजनेश डेभलपमेन्ट म्यानेजर सुनिता राणाले विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार लाखेलाई विरुवा हस्तान्तरण गरी कार्यक्रम शुरुवात गरिएको थियो ।
कार्यक्रममा लक्ष्मी बैकंका कर्मचारीहरु, विद्यालयका सम्पुर्ण शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सकृय सहभागिता रहेको थियो । लक्ष्मी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृक्षरोपण गर्ने पूर्वनिर्धारित वार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरेको विजनेश डेभलपमेन्ट म्यानेजर सुनिता राणाले बताए । त्यस्तै कार्यक्रममा सहभागीहरुले रोपेको विरुवाको हेरचाह र संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
Comments are closed.