देउवा सरकार गठनको एक वर्ष पूरा, यस्ता छन् उपलब्धिहरू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष पूरा गरेको अवसरमा सरकारले वर्षभरी गरेका कामको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत वर्षको असार २९ गते सरकार गठन भएको थियो ।

यो १ वर्षमा पालिका चुनाव सम्पन्न, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको, गरिबीको रेखामुनि रहेका परिवारलाई अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन गरिब घरपरिवार परिचयपत्रको सुरुवात गरिएको, संकटग्रस्त उद्योगधन्दा र विपन्न तथा बेरोजगारलाई विशेष प्याकेजको व्यवस्था गरिएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिन सुरुवात भएको लगायतका उपलब्धि विवरणमा समेटिएका छन् ।

jutta mela

त्यस्तै, केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको अस्थिरता र कुशासनको अन्त्य गरेर देशलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको पनि दाबी गरिएको छ ।

यस्तो छ सरकारले सार्वजनिक गरेको उपलब्धिको विवरण:

You might also like

Comments are closed.