काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा अप्पर सोलु हाइड्रोको आईपीओ बिहीबार बाँडफाँड गरिएको हो ।
मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
तिनैमध्ये ५ जनाले थप १-१ कित्ता सेयर पाएका छन् । कम्पनीले गत असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
Comments are closed.