काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने, अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Comments are closed.