कान्तिपुर टेलिभिजनले आइपीओ जारी गर्दै

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले कम्पनीले आइपीओ जारी गर्ने भएको छ । सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यले कान्तिपुर टेलिभिजनले कम्पनीको साधारण सेयर खोल्न लागेको हो ।

टेलिभिजनले कम्पनीको साधारण सेयरको ७ करोड ५० लाख रुपैयाँ बराबरमा प्रिमियम थप गरी १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो।

यसको आईपीओ निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

सम्झौतामा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहियाले हस्ताक्षर गरेका छन् ।

 

You might also like

Comments are closed.