काठमाडाै । धेरै जना मानिसहरु नेपालमा बेरोजगार बस्नु परेको छ । डिग्री हातमा छ जागिर खोज्यो जागिर नपाएको अवस्था छ । त्यसले गर्दा पनि धेरै मानिसहरु विदेसिनु परेको विद्यमान परिस्थिति छ । तर जता गए पनि आफूसँग केही सिप छैन भने काम गर्न कठिन अवस्था छ । कुनै पनि सिप सिक्याैं भने खाली बस्नु पर्दैन ।
रोजगारीका बाटो पत्ता लागाउन सकिन्छ । यस्तै कुराहरुलाई ध्यानमा राखेर २०७१ सालमा न्यु स्टार मन्टेश्वरी ट्रेनिङ सेन्टर खोलेका थिए दोलखा घर भएका नविनराज घिमिरेले ।
विशेष गरेर गृहिणी महिला, विदेश जाने महिला, कलेजका विद्यार्थीलाई लक्षित गरेर काठमाडौको कोटेश्वर चोकमा ट्रेनिङ सेन्टर संचालन गरिएको थियो ।
ट्रेनिङ सेन्टरले वर्षमा १ सय २० जनाको दरले १ हजार ४ सय ४० व्यक्तिलाई तालीम दिने गरेको छ । अहिले सम्म ११ हजार ५ सय २० जनाले तालीम लिएर रोजगारीमा लागेका छन् ।
सेन्टरमा तालीम लिनेलाई रोजगारीको व्यवस्था समेत ट्रेनिङ सेन्टरले नै गर्ने गरेको संचालक घिमिरे बताउँछन् । उनि भन्छन् ‘ हाम्रोमा ट्रेनिङ लिनेहरुको बजारमा धेरै माग छ त्यसैले गर्दा यस सेन्टरमा ट्रेनिङ लिनेहरु खाली बस्नु पर्दैन ‘ । माग धेरै भएर अहिले चावहिल र स्वयम्भुमा पनि शाखा संचालनमा छन् ।
Comments are closed.