पर्वतमा दुई जनामा डेङगुको संक्रमण पुष्टि

काठमाडौं । यहाँ दुई जनामा डेङ्गु रोगको संक्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको संक्रमण रहेको पुष्टि भएको हो ।अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको संक्रमण रहेको बुधबार पुष्टि भएको हो ।

उनीहरु दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा बसिरहेको अवस्थामा लगातार ५/७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरूमा संक्रमणको शंकामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो । दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा संक्रमण पुष्टि भएको जनाउँदै गतवर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने संक्रमण देखिएको बताए । संक्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको जनाउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिए ।

बागलुङको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था नरहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाइ छ । बागलुङको मौसमी अवस्था, सहरीकरण र जनसंख्या पर्वतभन्दा जोखिमयुक्त रहेको छ ।

You might also like

Comments are closed.