काठमाडौं । सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । बिहीबार ५.८७ अंकले ओरालो लागेको नेप्से परिसूचक शुक्रबार पनि २७.२६अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको छ ।नेप्से १.३३ प्रतिशतले घटेको हो ।
व्यापार उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक र अन्य उपसूचक २.१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले घटेको भएको छ ।
कूल २१२ वटा कम्पनीको ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७ सय ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जसमध्ये शिवम् सिमेन्टको मात्रै २१ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाखको कारोबार भएको छ ।शुक्रबार १७९ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट आएको छ ।
Comments are closed.