अष्ट्रेलियन युनिभर्सिटी फेयरबाट ३ सय विद्यार्थी लाभान्वित

पोखरा, माघ १
अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरि पोखरामा द अष्ट्रेलियन युनिभर्सिटी फेयर भएको छ । पोखराको न्युरोड भाटभटेनीमा रहेको ग्लोबल रिचले गरेको फेयरमा ३ सय जना विद्यार्थी तथा विद्यार्थीका अभिभावकले सहभागिता जनाएको ब्रान्च कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।
फेयरमा अष्ट्रेलियाका २१ भन्दा धेरै युनिभर्सिटीको प्रत्यक्ष सहभागिता रहेको थियो । पोखरा न्युरोडको सिटी स्क्वायर बैंक्वेटमा भएको फेयरमा विद्यार्थीले अष्ट्रेलिया अध्ययनका लागि जान आवश्यक विषयका बारे आफ्नो कौतुहलता अष्ट्रेलियाकै विश्वविद्यालयका प्रतिनिधीहरुबाट मेटाएका थिए ।

सहभागी अधिंकाश विद्यार्थीहरुले अष्ट्रेलियाको शिक्षण प्रणाली, शुल्क, विषय तथा प्रकृयाका बारेमा जिज्ञासा राखेका थिए । ग्लोबल रिचले बर्षको २ पटक पोखरामा एजुकेशन फेयर गर्दै आएको छ ।
अष्ट्रेलियामा रहेको ४० युनिभर्सिटी मध्य २१ भन्दा बढि युनिभर्सिटीका प्रतिनिधीले त्यहाँको शिक्षा र उक्त शिक्षाका लागि आवश्यक पर्ने योग्यताका बारेमा जानकारी तथा परामर्श प्रदान गरेको थियो । फेयरका कारण बिद्यार्थीहरु लाभान्वित भएको ब्रान्च कोअर्डिनेटर गुरुङले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.