काठमाडौं । पछिल्लो तीन सातादेखि नेपालमा कोरोना संक्रमण बढिरहेको छ । कोरोना संक्रमणको कारण २४ घण्टामा १ संक्रमितको ज्यान गएको छ भने ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४ हजार ८०० परीक्षणमध्ये आज ५६८ जनामा संक्रमण देखिएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ रहेका छन् ।
त्यसैगरी, विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।काठमाडौं जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ ।
शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ्, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् । अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष (आईसीयू)मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।
यसैगरी विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
Comments are closed.