काठमाडौंको जोरपाटीमा बिगत २७ वर्षदेखि सञ्चालनमा आएको विद्यालय हो, इस्ट पोल सेकेन्डरी स्कूल । करिब १३ वर्ष अगाडिबाट इस्ट पोल इन्टरनेशनल कलेज पनि सञ्चालनमा छ । विद्यालय तथा कलेजका गतिविधी तथा बिशेषताका वारेमा सहायक क्याम्पस चिफ सरन अधिकारीसँग गरिएको कुराकानी :
कलेज सञ्चालन गर्नुको मूख्य उद्देश्य के हो ?
कलेज सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको साइन्स, म्यानेजमेन्ट, एकाउन्टिङ, आइटीका विभिन्न विषयमा उत्कृष्ट शिक्षा प्रदान गर्नु हो । उद्देश्यअनुसार नै हामीले शिक्षा प्रदान गरिरहेका छौं । सक्षम विद्यार्थी उत्पादन गर्नु हाम्रो उद्देश्य हो । हामीले क्वान्टिटीभन्दा पनि क्वालिटीमा ध्यान दिएका छौं ।
कलेजका विशेषता के छन् ?
अनुभवी तथा दक्ष प्राध्यापकहरुले अध्यापन गराउनुहुन्छ । शान्त वातावरणमा रहेको यस कलेजमा विद्यार्थीका प्रतिभा पहिचानका लागि विभिन्न कार्यक्रम हुने गरेका छन् । खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्नका लागि पर्याप्त मात्रामा स्थान छ । इन्टर कलेज टुर्नामेन्ट पनि हामीले गराइरहेका हुन्छौं । साइन्स तथा कम्प्युटर साइन्सको प्रयोगात्मक कक्षाका लागि उत्कृष्ट ल्याव छ । विद्यार्थीका लागि लाइब्रेरीको व्यवस्था पनि गरेका छौं । बिबिएसलाई पनि हामी प्रयोगात्मक तरिकाले पढाउछौं । फिल्ड भिजिट, औद्योगिक क्षेत्र भिजिट, पेड इन्टर्नमा पठाउछौं । समयम–समयमा बैंकिङ, इन्स्योरेन्स, कर्पोरेट, उद्योगलगायतका क्षेत्रमा आवद्ध व्यक्तिहरुमार्फत कक्षा सञ्चालन गर्छौ ।
क्लाउड बेसको एमेजनको कोर्ष सञ्चालन गरेका छौं । एडब्लुएसको के १२ कोर्ष एमेजनसँग सहकार्य गरेर पढाएका हौैं । क्याब्रिजसँग सम्बन्धन लिएर पनि विशेष कोर्ष सञ्चालन गरेका छौं । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि पनि यसले सहयोग गर्छ । प्लस टु पछि थप अध्ययनका लागि पनि यस्ता विषयले धेरै सहयोग पुर्याउछन् ।
कलेजमा कुन–कुन कोर्ष सञ्चालन गरिएको छ ?
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर बिबिएस कोर्ष सञ्चालन गरिरहेका छौं । निकट भविष्यमा नै हामी बिबिए, बिएसडब्लु, एमबिएलगायतका कोर्ष सञ्चालन गर्ने तयारीमा छौं । प्लस टुमा साइन्स र म्याजेमेन्टको कोर्ष सञ्चालन गरिरहेका छौं । विद्यार्थीले कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, विजनेश स्टडिज जस्ता विषय अध्ययन गर्न पाउनुहुन्छ । विद्यार्थी संख्या पनि राम्रो छ । सुलभ मूल्यमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेका छौं ।
छात्रवृत्तिको व्यवस्था कस्तो छ ?
यस कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको विभिन्न स्किम छन् । साइन्स पढ्नका लागि एसईईमा ३.८५ देखि ४ जिपिए ल्याएका विद्यार्थीले भर्ना र मासिक शुल्कमा ७५ प्रतिशत छुट पाउनेछन् । ३.६५ देखि ३.८४ सम्म जिपिए ल्याएका विद्यार्थीलाई भर्ना तथा मासिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गछौं । ३.४५ देखि ३.६४ सम्म जिपिए ल्याएका विद्यार्थीको लागि भर्ना र मासिक शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरेका छौं । त्यसैगरि ३.२५ देखि ३.४४ सम्म जिपिए ल्याउने विद्यार्थीका लागि भर्ना र मासिक शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्छौ । २.८५ देखि ३.२४ सम्म जिपिए ल्याएका विद्यार्थीका लागि भर्ना र मासिक शुल्कमा १० प्रतिशत छुट प्रदान गर्छौ ।
म्यानेजमेन्ट पढ्नका लागि एसईईमा ३.८५ देखि ४ जिपिए ल्याएका विद्यार्थीले भर्ना र मासिक शुल्कमा ७५ प्रतिशत छुट पाउनेछन् । ३.६५ देखि ३.८४ सम्म जिपिए ल्याएका विद्यार्थीलाई भर्ना तथा मासिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्छौं । ३.४५ देखि ३.६४ सम्म जिपिए ल्याएका विद्यार्थीको लागि भर्ना र मासिक शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था गरेका छौं । त्यसैगरि ३.२५ देखि ३.४४ सम्म जिपिए ल्याउने विद्यार्थीका लागि भर्ना र मासिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्छौं । २.८५ देखि ३.२४ सम्म जिपिए ल्याउने विद्यार्थीका लागि भर्ना र मासिक शुल्कमा २० प्रतिशत छुट प्रदान गर्छौं । २.४५ देखि २.८५ सम्म जिपिए ल्याएका विद्यार्थीका लागि भर्ना र मासिक शुल्कमा १० प्रतिशत छुट प्रदान गर्छौ । प्रवेश परिक्षा लिएर विद्यार्थी छनोट गर्छौ ।
एसईई उत्र्तीण विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?
कुनैपनि कलेजका भौतिक संरचना मात्र नहेरी त्यहाँको शैक्षिक गुणस्तर तथा विभिन्न गतिविधि हेरेर अध्ययन गर्न म विद्यार्थीलाई आग्रह गर्दछु । विषय छनोट गर्दा पनि विशेष ध्यान दिनुपर्छ । विषय छनोटका क्रममा लागि करियर काउन्सिलिङ पनि हामी गर्छौ ।
Comments are closed.