राष्ट्रिय सहकारी महासंघको सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा साउन १३ गते शुक्रबार सहकारी संघसंस्थासँग समयसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज भएको उक्त कार्यक्रममा उठेको जिज्ञाज्ञाहरुको जवाफ दिदै महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीमा सुशासन अभिन्न अंग भएको र सहकारी समुदाय र सदस्यकेन्द्रीत हुनुपर्नेमा जोड दिएकी छन् ।
उनले सहकारीको सिद्धान्त र मूल्यमान्यतालाई आत्मसाथ गर्दै अगाडि बढेको खण्डमा सहकारी सुदुढ हुनु पर्ने बताइन् । साथै उनले यही साउन २५ गतेभित्र सन्दर्भ ब्याजदरको समिक्षाका लागि बैठक बस्ने जानकारी समेत दिइन् ।
उनले महासंघले संघसंस्थासँग सुझाव संकलन गर्ने उद्देश्यबाट कार्यक्रम संचालन गरिएको बताए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको १० बर्षे रणनीतिक योजना अनुसार दिगो र मर्यादित सहकारी अभियान निर्माणमा सक्रिय रहेको बताए ।
महासंघका संचालक तथा सूचना तथा प्रकाशन उपसमितिका संयोजक टेकप्रसाद चौलागाईको अध्यक्षमा कार्यक्रभ भएको थियो । उनले सन्दर्भ ब्याजदरको क्यापिङलाई हटाउन सहकारी नियमावली संशोधनका लागि अगाडि बढ्नुपर्ने धारणा राखे । महाप्रबन्धक सुब्बाले महासंघले निन्तर रुपमा संघ÷संस्थाको निरिक्षण गरेर सुझाव दिइरहेको, कर्जा सुचना केन्द्र स्थापनालगायतको विषयमा लविङ गरिरहेको धारणा व्यक्त गरेका थिएका ।
उनले सहकारी संस्थालाई प्रयाप्त तरलता व्यवस्थापन गर्न समेत अनुरोध गरे । कार्यक्रममा महासंघका संचालक एवम् सूचना तथा प्रकाशन उपसमितिका सदस्य राजेन्द्र पौडेल, महासंघका नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो । कार्यक्रममा प्रारम्भिक संस्थाका प्रतिनिधिहरुले विभिन्न जिज्ञासा राखेका थिए ।
Comments are closed.