अभियान लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लि. ले बुधबारदेखि आईपीओ खुला गर्ने भएको छ। अभियान लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

उक्त आइपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत्तम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ० दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

You might also like

Comments are closed.