काठमाडौं । मनास्लु वर्ल्ड कलेजले प्लस टु तहमा खेलकुद विज्ञान विषयलाई समावेश गरेको छ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने नेपाल सरकारको मुल नारालाई आत्मसाथ गर्दै कलेजले यसै शैक्षिक शत्रदेखि प्लस टु तहमा खेलकुद विज्ञान विषयलाई समावेश गरेको हो ।
व्यक्तिको सर्वाङगीण एवं समाज र राष्ट्रको समग्र विकासका लागि विद्यालयमा आधारित खेलकुदका क्रियाकलापहरू आयोजना र संचालन गर्न आवश्यक पर्ने आधारभुत र व्यवस्थापकिय पक्षहरूसंग विद्यार्थीहरूलाई परिचित गराउने उद्देश्यले यस पाठ्यक्रमलाई कलेजमा संलग्न गराएको कलेजले जनाएको छ ।
खेलकुद विज्ञान विषयलाई पाठ्यक्रमका रुपमा समावेश गराउँन पाउँदा उत्साहित रहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।
Comments are closed.