काठमाडौं । हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ र १२ मा व्यवसायिक शिक्षा अन्तरगत होटल म्यानेजम्यान्टमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न संघ संस्थाहरुले रोजगारी प्रदान गर्ने भएका छन् ।
पोखराको महेन्द्रपुलमा रहेको एभरेष्ट इष्टिच्युट अफ होटल म्यानेजम्यान्टले कलेजका होटल म्यानेजम्यान्टमा अध्ययनरत विद्यार्थीहरुमध्ये उत्कृष्ट २/३ जनालाई उनिहरुको आवश्यकता, शिप र क्षमताअनुसार रोजगारी प्रदान गर्ने संचालक महेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, नयनतारा कृषि सहकारी संस्था लि.ले पनि ३/५ विद्याथीलाई उनिहरुको आवश्यकता, शिप र क्षमताअनुसार रोजगारी प्रदान गर्ने भएको छ ।
त्यस्तै, पोखरा–२४ कास्कीकोटमा रहेको कश्यप एग्रो प्रा.लि ले पनि कलेजका होटल म्यानेजम्यान्टमा अध्ययनरत विद्यार्थीलाई रोजगारी दिने भएको छ । प्रा.लि ले कक्षा १२ मा उत्कृष्ट ४ जना विद्यार्थीलाई रोजगारीको अवसर प्रदान गर्ने प्रबन्धक रमेश गिरीले जानकारी दिए ।
विभिन्न संस्था गरि वार्षिकरुपमा म्यानेजमेन्टमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य कलेजले लिएको हिमाल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल हरि कार्कीले जानकारी दिए ।
Comments are closed.