काठमाडौं । सेयर बजारमा नेप्से ओरालो यात्रा जारी रहेको छ । मंगलबार २ दशमलव ७६ अंकले घटेको सेयर बजार बुधबार पनि पुनः ६ दशमलव ७२ अंकले घटेको छ ।
नेप्से आज ६ दशमलव ७२ अंकले घटेर २ हजार १ सय ८६ दशमलव ७६ विन्दुमा झरेको छ ।आज २ सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार ६२६कित्ता सेयर किनबेच हुँदा चार अर्ब दुई करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।
जलविद्युत् ४२, माइक्रोफाइनान्स ७ र ब्यापार उपसमूह ८६ अंक बढे । बैंकिङ ९, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन १४, जीवन बीमा ७३, उत्पादन १३, निर्जीवन बीमा ८६ र अन्य उपसमूह १८ अंक घटे ।सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपी पावर, हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रो र युनाइटेड इदी मर्दी क्रमश अगाडि रहे ।सामलिङ पावर र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
युनाइटेड इदी मर्दी र समृद्धि फाइनान्सको मूल्य करिब ९ प्रतिशत बढ्यो ।
Comments are closed.