काठमाडौं । खजुरा, बाँके स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको मुटु, फोक्सो, रक्तनली तथा स्तन क्यान्सर (Cardiothoracic, Vascular & Breast Onco-Surgery) विभागले छोटो अवधीमै १ सय भन्दा बढि शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । गत बैशाख दोस्रो साताबाट सेवा सुरु भएको हो ।
अस्पतालमा फोक्सोको अपरेसन गराई स्वास्थ्य लाभ गरिरहेकी जाजरकोट निवासी विरामीको हातबाट केक काटेर अस्पतालमा कार्यरत विशेषज्ञ तथा कर्मचारीहरुले खुशियाली साटेका छन् ।
पश्चिम नेपालका एकमात्र कन्सल्टेन्ट कार्डियोथोरासिक एण्ड भाष्कुलर सर्जन डा. निरज भट्टराईले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मुटु, फोक्सो, रक्तनली तथा स्तन क्यान्सर सम्बन्धी शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेका छन् ।
Comments are closed.