काठमाडौं । लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । लक्ष्मी क्यापिटलले बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लक्ष्मी क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको कार्य गर्ने फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागिएको लक्ष्मी क्यापिटलले जनाएको छ । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ ।
बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।
Comments are closed.