मुक्तिनाथ कृषि कम्पनीको ‘सेल्स मिट’ सम्पन्न

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वार्षिक सेल्स मिट सम्पन्न भएको छ । उक्त अवसरमा वार्षिक योजना पूरा गर्न सबै सेल्स मेनहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको समिक्षासहित चालु आर्थिक वर्षको योजनाका बारेमा उक्त अवसरमा छलफल भएको थियो । देशभर शाखा तथा सेवा विस्तार गर्ने योजना कम्पनीले लिएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष भरतराज ढकाल, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, कम्पनीका सञ्चालक सीताराम काफ्ले, नायव महाप्रवन्धक तथा सचिव रामशरण तिमिल्सिना, पिपिसिपी कार्यक्रम संयोजक केशव लम्साल, रिजनल म्यानेजर भूमिराज भण्डारीलगायतले कम्पनीका सेवालगायत विविध विषयमा धारणा राखेका थिए ।

 

 

You might also like

Comments are closed.

Secret Link