इक्यान ललितपुर एजुकेशन फेयर शुक्रबारबाट

ललितपुर । पहिलो संस्करणको ‘इक्यान ललितपुर एजुकेशन फेयर’ हुने भएको छ । इक्यान ललितपुरको सहआयोजनामा ललितपुरको लगनखेलस्थित कुलिनरी आर्टस्को भवनमा फेयर हुन लागेको हो ।

शुक्रबार सुरु हुने फेयर आइतबारसम्म चल्ने इक्यान ललितपुरका अध्यक्ष उपेन्द्रदेव ढकालले आर्थिक आवाजलाई जानकारी दिए । फेयरमा ५० वटा स्टल रहनेछन् । ‘फेयरको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ,’ ढकालले भने ।

फेयरमा नेपाली कन्सल्टेन्सी, नेपलाी कलेज र विदेशी कलेज तथा युनिभर्सिटीको प्रतिनिधित्व रहनेछ । फेयरमा १० हजार विद्यार्थी तथा अभिभावकको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सूचना तथा जानकारी फेयरमा प्रदान गरिने ढकालले जानकारी दिए । ‘स्कलरसिपको अवसर पनि विद्यार्थीले प्राप्त गर्नेछन्,’ ढकालले भने ।

फेयर सफल बनाउन प्रिजेन्टेसन पार्टर कुलिनरी आर्टस्ले गरेको छ, भने मुख्य प्रायोजन अष्ट्रेलियन नेशनल इन्स्टिच्युट अफ एजकेशन र इन एसोसिएसन विथमा ब्रिटिस अमेरिकन एडुकेयरले साथ दिएका छन् ।

You might also like

Comments are closed.