ब्यूरोक्रेसीमा हस्तक्षेप भए आन्दोलन : देउवा

पोखरा, ५ माघ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्यूरोक्रेसीमा हस्तक्षेप गरेर ओली सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ)प्रदेश कार्य समिति गण्डकीले आयोजना गरेको ‘प्रशिक्षण सम्मान तथा परिचयात्मक बनभोज कार्यक्रम’मा बोल्दै उनले वर्तमान ओली सरकारले ब्यूरोक्रेसीमा हस्तक्षेप गर्दै सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाउँदै भने,‘शिक्षा विधेयक होस् वा कर्मचारी समायोजन सम्बन्धमा, ओली सरकारले हस्तक्षेप गर्न खोजेको देखिन्छ, उसले सबै क्षेत्रमा हस्तक्षेप गर्दै नियन्त्रण (कन्ट्रोल) गर्न खोजेको छ, यस्तै रहे ओली सरकारबिरुद्ध सदनदेखी सडकसम्म आन्दोलनमा उत्रिन्छ ।’ ईनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा आफूहरु रहेको बताउँदै यसमा भएको हस्तक्षेप कांग्रेसलाई सह्य नहुने चेतावनी दिए । उनले भने,‘हामी इनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्नपनि तयार छौं ।’

jutta mela

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले ओली सरकारमा प्रजातन्त्र मास्ने चाहना भएको आरोप लगाए । नेपाली कांग्रेसका महान नेताहरुप्रति ओली सरकारलाई एलर्जी भएको टिप्पणी गर्दै उनले भने,‘आज कांग्रेसका महान नेताहरुको नामप्रति ओली सरकारलाई एलर्जी भएको छ, अनि आज नाम हटाउँछन् र भोलि प्रजातन्त्रसमेत हटाउन चाहन्छन् ।’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कर्मचारीको वृत्ति विकासमा असर पारे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीलगायतमाथी थिचोमिचो र हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको उनको आरोप छ ।

You might also like

Comments are closed.