प्राविधिक शिक्षामा अग्रणी ‘पोखरा इन्जिनियरिङ कलेज’

प्रयोगात्मक प्राविधिक शिक्षाका साथै दक्ष जनशक्ति उत्पादन गर्न सफल

पोखरा । प्राविधिक शिक्षामा विद्यार्थीको बढ्दो आकर्षणलाई पूरा गर्ने उद्देश्यका साथ पोखरा इन्जिनियरिङ कलेजको स्थापना भएको हो । एसईई र प्लस टु पछि धेरै विद्यार्थीको रोजाइमा पर्न सफल छ, प्राविधिक शिक्षा । इन्जिनियरिङ अध्ययनको महत्वलाई कलेजले सन् १९९९ देखि नै उजागार गर्दै आएको छ ।

सन् १९९९ मा पोखरामा स्थापना भएको पोखरा इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर ४ वर्षे बि.ई. सिभिल, बि.ई.कम्प्युटर र ५ वर्षे ब्याचलर अफ आर्किटेक्चर (बि.आर्क) कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सिटिइभिटीको सम्बन्धनमा एसईई पश्चात पढाइने ३ वर्षे डिप्लोमा (ओभरसियर) मा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ विषयका साथै १८ महिने टिएसएलसी सिभिल विषयको अध्यापन पनि गराइन्छ ।

बेलुकीको कार्यक्रममा पोखरा विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहमा दुई वर्षे एमएस्सी कन्सट्रक्सन म्यानेजमेन्ट विषयको अध्यापन गराउदै आएको छ । नेपालमा विकास निर्माणका कामले प्राथमिकता पाएसँगै इन्जिनियरिङ शिक्षाको महत्व पनि बढ्दै गएको छ । धेरै अवसर प्राप्त हुने र बेरोजगार बस्नु नपर्ने भएकाले इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण देखिन्छ । प्राविधिक शिक्षामा विद्यार्थीको बढ्दो आकर्षणका पछाडि पोखरा इन्जिनियरिङ कलेजको सकारात्मक भूमिका रहेको पाइन्छ ।

कलेजमा इन्जिनियरिङ अध्ययनका लागि पोखराबाट मात्र नभई देशभरबाट विद्यार्थी आउने गरेका छन् । विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्न सफल यस कलेजले प्रयोगात्मक प्राविधिक शिक्षाका साथै दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । कलेज इन्जिनियरिङ अध्ययन तथा अध्यापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल रहेको बताउँछिन् प्रिन्सिपल रोजना जोशी । पछिल्लो समय आइटी विश्वव्यापीरुपमा लोकप्रिय बनिरहेको छ । सिभिल र आर्किटेक्चरको माग पनि राम्रो छ । ‘अहिले धेरै चाप सिभिल इन्जिनियर अध्ययन गर्नेहरुको छ,’ जोशीले भनिन् ।

मुलुकले विकासको पथमा पाइला अगाडि बढाउँदा ठुला-ठुला संरचना निर्माण हुने क्रम बढिरहेको र आगामी दिनमा अझै बढ्दै जाने विश्वास गर्न सकिन्छ । यही अवस्थामा आवश्यक जनशक्ति पुग्ने अवस्था छैन । जसका लागि इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुको माग अझ बढी हुने डाइरेक्टर अम्बर गुरुङले बताए । ‘अहिलेसम्म उत्पादन भएका मध्ये अत्याधिक दक्ष जनशक्ति विदेश पलायन भएका छन् । त्यसैले पनि अबका दिनमा अध्ययन सकेका विद्यार्थीलाई नेपालमै राम्रो अवसर छ,’ उनले  भने ।

कलेजले आर्किटेक्ट अध्ययनको सुरुवात २०१७ बाट गरेको हो । प्लानिङ तथा डिजाइन आर्किटेक्चरले गर्छन् र त्यसको स्ट्रक्चर सिभिल इन्जिनियरले गर्छन् । त्यसैले आर्किटेक्ट अध्ययन गर्ने विद्यार्थीहरुका लागि राम्रो अवसर रहेको बताउँछन् प्रशासकीय अधिकृत चिजकाजी गुरुङ । ‘स्थानीय तह तथा प्रदेश सरकारले आर्किटेक्टले डिजाइन गर्ने, सिभिलले हेर्ने र स्ट्रक्चरले स्ट्रक्चर हेर्ने खालको नीति नियम बनाउँदैछन्,’ उनले भने, ‘यस्तो भएमा टाउन प्लानिङ हुन्छ र विकास निर्माणका काम पनि राम्रोसँग हुन्छ । पोखरामा आर्किटेक्चर अध्यापन गराउने हामी पहिलो कलेज हो ।’

पछिल्लो समय पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण बढ्दो छ । दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराउँदै आइरहेकाले कलेजमा विद्यार्थीहरुको आकर्षण वर्षेनी बढिरहेको हो । सैद्धान्तिकसँगै प्रयोगात्मक सिकाईलाई कलेजले प्राथमिकतामा राखेको छ । प्राविधिक शिक्षा भएकाले कलेजमा पर्याप्त ल्याबको व्यवस्था गरिएको छ । प्रशस्त मात्रामा फिल्ड ट्रिप पनि गराइन्छ ।

आवश्यकताअनुसार अत्याधुनिक ल्याबसहित आवश्यक सबै भौतिक पूर्वाधारको व्यवस्था कलेजले गरेको छ । पारिवारिक वातावरणमा पूर्ण प्राविधिक शिक्षाका लागि कलेज अग्र स्थानमा छ । ‘विद्यार्थीका प्रोजेक्टहरुलाई एक्स्पोज गर्न समय-समयमा इन्जिनियरिङ एक्स्पो गर्दै आइरहेका छौं,’ उनले भने । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापका लागि कलेजले छुट्टै विभागको व्यवस्था गरेको छ । पाठ्यक्रम बाहेक रिसर्च कार्यलाई रिसर्च रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) मार्फत प्रोत्साहन गरिरहेको छ ।

 

You might also like

Comments are closed.