काठमाडौं । यो साता सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागेको छ । मंगलबार ४३ अंकले घटेको सेयर बजार आज ५ दशमलव ९१ अंकले घट्दै नेप्से सूचक २० हजार ५६ दशमलव ८८ अंकमा झरेको छ। आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा कमि आएकोे छ ।
आज उत्पादन र लगानी बाहेक सबै समूहको सेयर ओरालो लागेको छ । आज दुई सय १८ वटा कम्पनीको ४६ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड ५५ लाखको कारोबार भएको छ। सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समूहरुको कारोबार भएकोमा उत्पादनमुलक र लगानी समूहहरुको सूचक बढ्यो भने बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ३१ अंकले घटेर १३ सय ५१ दशमलव २६ अंकमा झरेको छ।
जलविद्युत समूहको सूचक पनि १२ दशमलव ३५ अंकले घटेर २४ सय ६१ दशमलव ७८ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि १५ दशमलव ९६ अंकले घटेर आठ हजार दुई सय ३२ दशमलव ५८ अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि नौं दशमलव ७३ अंकले घटेर नौं हजार छ सय ७० दशमलव ७४ अंकमा झरेकोमा फाइनान्स, टे«डिङ, होटल तथा पयर्टन, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज हिमालयन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौं दशमलव ९७ प्रतिशतले बढेर तीन सय तीन रुपैंयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
Comments are closed.