काठमाडौं । चावहिलको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेजले चुनिदेवी मन्दिरको निर्माणका लागि ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ मा रहेको चुनिदेवी मन्दिर निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । यसरी निजी कलेजले सामाजिक कार्यमा गरेको सहयोगका लागि त्यहाँका वडावासी र वडाध्यक्ष टिकेशनारायण श्रेष्ठ र पूर्व वडाध्यक्ष कृष्ण श्रेष्ठले विशेष धन्यवाद दिएका छन् ।
मनास्लु कलेजले विगतका वर्षहरुमा पनि लायन्स क्लवलगायतका संघसंस्थाहरु मार्फत कोभिडको महामारीको समयमा विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गरेको थियो ।
गत वर्ष पनि कलेजले सिन्धुपाल्चोकको अति दुर्गम गाउँ ग्याल्चुङमा रहेको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीहरु वितरण गरेको थियो ।
Comments are closed.