लेखनाथका महिलालाई उद्यमशिलता विकास तालिम

पोखरा ६, माघ
पोखरा महानगरपालिका वडा नं. ३० र आसपासका महिलाहरुलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठान गण्डकी प्रदेश कार्यालयले उद्यमशिलता तालिम प्रदान गरेको छ ।

प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारी, वरिष्ठ अधिकृत चेतना वराल र समिता श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
उद्यमशिलता सचेतना गोष्ठी र उद्यमशिलता विकास सम्बन्धि ११ दिनसम्म संचालन भएको तालिममा २२ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुले व्यवसायीक तरकारी खेती, दुग्ध उत्पादन, व्यवसायीक कुखुरा पालन, व्युटि पार्लर, खाजाघर, हस्तकला आदि व्यवसाय सुरु गरी ५० जनालाई रोजगार सृजना गर्ने अपेक्षा गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.