काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटी रहेको । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
तोलामा ३ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयामा कारोबार भएको थियो ।त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार४ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९५ हजार ७सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार १ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
Comments are closed.