काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) मा बिहीबार बढेको छ । बुधबार ० दशमलव ३६ अंकले घटेको नेप्से आज भने २७ दशमलव ५६ अंकले बढेर २ हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ ।
यो साता सेयर बजारमा खासै राम्रो कारोबार भएन । साताको पहिलो दिन नेप्से घटेकोमा दोस्रो दिन सोमाबार भने सामान्य बढेको थियो । त्यसपछिका कारोबार दिन मंगलबार र बुधबार लगातार ओरालो लागेको सेयर बजार आज भने बढेको छ ।
आज बजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ । आज कुल दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब पाँच करोड ७९ लाखको कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज बैंकिङ ७, विकास बैंक ११७, फाइनान्स ५३, होटल तथा पर्यटन ७, जलविद्युत् ७२, जीवन बीमा ५२, उत्पादन ५३, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा ५६, अन्य ३४ र व्यापार उपसमूह २२ अंकले बढेका छन् ।
Comments are closed.